काठमाडौँ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेको छ। यसका कारण पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।
आज दिउँसो र राति पनि तराईमा हुस्सु रहने सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यसले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य र सडक यातायातमा आंशिक प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।











प्रतिक्रिया