काठमाडौँ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश निर्वाचनतर्फ केन्द्रित भएको बताएका छन् ।
आज संखुवासभाको खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले देश निर्वाचनतर्फ केन्द्रित भइसकेका कारण अहिलेकै सरकारले निर्वाचन गराउने बताए । निर्वाचनका लागि दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको अवस्थामा देश अब चुनावतर्फ होमिएको बताए ।
जेनजी युवापुस्ता निर्वाचनका पक्षमा रहेकाले कुनै शंका गरिरहनुपर्ने अवस्था नभएको भन्दै दाहालले अब देशमा सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको र अर्को सरकार पुनर्गठन नहुने तर्क गरे ।
अहिलेकै सरकारले फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन गराउन सक्षम रहेको उल्लेख गरे । जेनजी आन्दोलनको मर्मभावनाअनुसार अहिलेका राजनीतिक दलहरुले नयाँ जनादेशमा जानुपर्ने आवश्यकता भएको उनको भनाइ छ ।
निर्वाचनको प्रक्रिया सुरु भइसकेकाले संसद् पुनःस्थापना नहुने जिकिर गर्दै नयाँ जनादेशपछि संविधान संशोधनको प्रक्रिया अघि बढाइने बताए । नेपाली कम्युनिष्ट पार्टी संखुवासभाको एकता घोषणा कार्यक्रममा सहभागी हुन दाहाल खाँदबारी पुगेका हुन् ।











प्रतिक्रिया