सुनचाँदी दुवैको मूल्यमा उछाल, सुन हालसम्मकै महँगो


काठमाडौँ।

नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च हो ।

सुनको मूल्य २ लाख ७० हजार कायम हुँदा चाँदीको मूल्य समेत ४ हजार ८३५ रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६९ हजार ३०० रुपैयाँ थियो भने चाँदीको ४ हजार ५६५ रुपैयाँ थियो ।