काठमाडौँ
जस्मिन पेन्ट्स लिमिटेडले चाडपर्व लाई लक्षित गरि २०८२ भाद्र १ देखि २०८२ कार्तिक मसान्त सम्म संचालन गरेको ग्राहक उपहार योजना “चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्स संग” को बम्पर उपहार बिजेता घोषणा गरेको छ । कम्पनीका ब्राण्ड एम्बेसेडर पारस खड्काको बिशेष उपस्थितिमा एक कार्यक्रमका बिच उहाँको हातबाट लक्की ड्र कुपन मार्फत उक्त बिजेता घोसणा गरिएको हो ।
यस उपहार योजना मार्फत नेपालगञ्ज निवासी देवी बुढाले जापान भ्रमण गर्न पाउने सुनौलो अवसर प्राप्त गर्नुभएको छ । यसका साथै अन्य ग्राहकहरुले पनि विभिन्न उपहारहरु प्राप्त गर्न सफल हुनुभएको छ । जसमा ७५ जनाले डिनर सेट, १ सय ५ जनाले हिटर, १ सय ५१ जनाले अईरन र ७ सय ५० जनाले भित्ते घडी सहित जम्मा १ हजार ८२ जनाले उपहारहरु जित्न सफल भएका हुन् ।
तिन महिना संचालन भएको यस उपहार योजनामा जस्मिन पेन्ट्सका उत्पादनहरु खरिद गरेका नेपाल भरिका १ हजार ८ सय भन्दा बढी ग्राहक महानुभावहरु समावेश भएका थिए । ग्राहकलाई ७५ हजार रुपियाँ बराबरको जस्मिन पेन्ट्सका उत्पादनको खरिदमा एउटा बम्पर कुपन प्रदान गरिएको थियो । ग्राहकको उत्साहजनक सहभागिताले यस उपहार योजना सफल भएको र यस बाट कम्पनीको व्यावसायिक वृद्धिमा सहयोग मिलेको कम्पनीका कन्ट्री म्यानेजर डिल्ली राम पौडेलले बताउनुभयो ।
साथै उहाँले यस उपहार योजना सफल पर्न सहयोग पुर्याउनुहुने सबै महानुभावलाई बिसेष धन्यवाद सहित आगामी दिनहरुमा संचालन गरिने उपहार योजनाहरुमा सहभागिता जनाउनुहुनको लागि अनुरोध समेत गर्नुभयो ।











प्रतिक्रिया