काठमाडौँ।
नेपाली बजारमा सुनको मूल्यले बुधबार पनि नयाँ रेकर्ड बनाएको छ । मङ्गलबारको तुलनामा बुधबार पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार बुधबार सुन तोलामा नौ सय रुपैयाँले बढेर २ लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैबीच, आज चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । आज चाँदीमा प्रतितोला १६५ रुपैयाँ बढेको छ ।
महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । यसअघि मङ्गलबार प्रतितोला ४ हजार २५५ रुपैयाँमा कायम थियो ।











प्रतिक्रिया