काठमाडौं ।
सिन्धु विकास बैंकको वित्तीय सूचकमा उल्लेखनीय सुधार देखिएको छ । गत वर्ष कार्यकारी प्रमुखमा अनुभवी बैंकर सुरेश देवकोटा नियुक्त भएपछि बैंकको प्रदर्शनमा ठूलो प्रगति भएको हो ।
आर्थिक वर्ष २०८१÷८२ मा बैंकको प्रतिसेयर आम्दानी ५.४६ बाट बढेर ३१.७६ पुगेको छ । प्रतिसेयर नेटवर्थ ६३.५० बाट ९७.२४ पुगेको छ। निष्क्रिय कर्जा अनुपात १०.६३ प्रतिशतबाट घटेर ६.०८ प्रतिशतमा झरेको छ भने पुँजीकोष अनुपात १३.०७ प्रतिशत पुगेको छ ।
विगतमा पुँजीकोष अनुपात ६ प्रतिशतको हाराहारीमा रहेको कारणले केन्द्रीय बैकले शीघ्र सुधारात्मक कारवाही गरेकामा हाल पुँजीकोष अनुपात तोकिएको सीमाभन्दा माथि रहेकोले छिट्टै शीघ्र सुधारात्मक कारवाही हट्ने विश्वास बैंकले लिएको छ ।
बैंकले आ.व. २०८१÷८२ को वित्तीय विवरणहरू वार्षिक साधारण सभामा पेश गर्ने प्रयोजनको स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गरिसकेको जनाएको छ । हाल ५ जिल्लामा २५ शाखामार्फत करिब डेढ लाख ग्राहकलाई सेवा दिइरहेको बैंकले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।











प्रतिक्रिया