सुपर खुदी हाइड्रोलाई आइपीओ अनुमति


काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले सुपर खुदी हाइड्रोपावर लिमिटेडलाई आइपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले अंकित मूल्य सय रुपियाँमा आइपीओ जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले अब ३१ करोड रुपियाँ बराबरको ३१ लाख कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरूका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्नेछ ।