टेस्ट क्रिकेटको इतिहासमा ओपनरहरूले पहिलो र दोस्रो इनिङमा शतक प्रहार गरेको नयाँ रेकर्ड दर्ता भएको छ । न्युजिल्यान्डका टम लाथम र डेभोन कोनवेले यो नयाँ रेकर्ड राखेका हुन् । उनीहरूले वेस्ट इन्डिजविरुद्धको टेस्टमा दुबै इनिङमा शतक प्रहार गरेर टेस्ट क्रिकेटमा नयाँ इतिहास रच्न सफल भए ।
न्युजिल्यान्ड र वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम टेस्टमा भएको रेकर्डमा लाथमले पहिलो इनिङमा १३७ रन र दोस्रो इनिङमा १०१ रन बनाए । यस्तै, अर्का ओपनर कोनवेले पहिलो इनिङमा २२७ रन र दोस्रो इनिङमा १०० रन बनाए ।
यस्तै, कोनवे टेस्ट इतिहासमा एउटै खेलमा दोहोरो शतक र एक शतक बनाउने १० औं ब्याटर बने । तर, न्युजिल्यान्डबाट यो उपलब्धि हासिल गर्नेमा भने उनी पहिलो ब्याटर हुन् ।
यसअघि अस्टे«लियाका ग्रेग च्यापेल, डग वाल्टर्स र मार्नस लाबुसेन, भारतका सुनिल गावस्कर र शुभमन गिल, इंग्ल्यान्डका ग्राहम गुच, वेस्ट इन्डिजका ब्रायन लारा र लरेन्स रो तथा श्रीलंकाका कुमार सांगकाराले यो उपलब्धि हासिल गरिसकेका थिए ।











प्रतिक्रिया