प्रोटोन ईमासको काठमाडौं र चितवनमा विशेष एक्सचेन्ज अफर


काठमाडौँ
जगदम्बा मोटर्स प्रा.लि.अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन ब्रान्ड प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष साटफेर सुविधा सञ्चालन गर्ने भएको छ ।

कम्पनीका अनुसार काठमाडौँ र चितवनमा पुस ६, ७ र ८ गते तीन दिनसम्म विशेष साटफेर कार्यक्रम आयोजना गरिनेछ । काठमाडौँ उपत्यकामा उक्त कार्यक्रम ललितपुरस्थित संस्कार फाइन डाइन तथा कार्यक्रमस्थलमा हुनेछ भने चितवनमा मिलनचोकस्थित प्रोटोन ईमासको शोरुममै सञ्चालन गरिनेछ ।

कार्यक्रमअन्तर्गत विद्यमान सवारी साधन साटफेर गर्न चाहने ग्राहकलाई प्रोटोन ईमासका प्रमुख विशेषता, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ । साटफेर सुविधामा प्रोटोन ईमास ७ को मूल्य रु। ४६ लाख ९९ हजारदेखि सुरु हुने बताइएको छ ।

प्रोटोन ईमास ७ मा १६० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ। यसमा १८० मिलिमिटर भुइँबाट उचाइ, ४९२ तथा ५८५ किलोमिटरको यात्रादूरी क्षमता रहेको छ । साथै उन्नत सुरक्षात्मक सुविधा र आकर्षक डिजाइन सहित सवारी साधनको लम्बाइ ४६१५ मिलिमिटर रहेको कम्पनीले जानकारी दिएको छ ।

यस विशेष साटफेर सुविधामार्फत ग्राहकले अत्याधुनिक विद्युतीय सवारी साधनमा सहज रूपमा स्तरोन्नति गर्ने अवसर प्राप्त गर्ने कम्पनीको विश्वास छ ।