अपाङ्गता भएकाहरूलाई न्यानो कपडा वितरण

94
Shares

उदयपुर ।

उदयपुरके चौदण्डीगढी नगरपालिका भित्रका अपाङ्गता भएक व्यक्तिहरुलाई नगरपालिकाले बिहीबार एक कमर्यक्रमके आयोजना गरी न्यानो ब्ल्याङ्केट वितरण गरेको छ ।


उदयपुरको चौदण्डीगढी नगरपालिकाका ६० जना अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । चौदण्डीगढी नगरपालिकाको एक लाख सहयोगमा “चौदण्डीगढी अपाङ्गता सेवा संस्था“ले नगर भित्रका ६० जना अपाङ्गता भएकाहरुलाई न्यानोको कपडा स्वरूप ब्लान्केट वितरण गरेको संस्थाका सचिव पुरुषोत्तम अधिकारीले जानकारी दिनु भयो ।
नगर भित्रका दश वटै वडा बाट ६÷६ जनाका दरले ६० जना अपाङ्गता भएका त्यसमा पनि अति बिपन्न परिवारका सदस्यलाई न्यानोको कपडा स्वरूप ब्लान्केट वितरण गरिएको संस्थाका अध्यक्ष भुपाल पौडेलले जानकारी दिनु भयो ।

अपाङ्गता भएकाहरुलाई न्यानो कपडा ब्लान्केट वितरण गर्दै चौदण्डीगढी नगरपालिकाका उपप्रमुख मणिकादेवी दुलालले मौसमको प्रतिकूलतामा जीवन सहज होस् भनेर न्यानोको कपडा स्वरूप ब्लान्केट वितरण गरिएको बताउनु भयो । उहाँले अपाङ्गता भएका त्यसमा पनि अति बिपन्न परिवारलाई ब्लान्केट वितरण गरेको बताउदै यसले उनीहरुको मुहारमा खुशी ल्याउने बताउनु भयो ।

अपाङ्गता भएकाहरूलाई न्यानो कपडा वितरण कार्यक्रममा वडा अध्यक्ष, स्थानीय प्रहरी प्रमुख, नगर अस्पताल प्रमुख लगायतको उपस्थिति रहेको थियो ।