सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति


काठमाडौँ
नेपाल धितोपत्र बोर्डले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आज अर्थात भदौ २५ गते आईपीओ निष्काशनको अनुमति दिएको हो ।

अपि पावर कम्पनीको लगानी रहेको यस कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने १३ करोड ७९ लाख ३५ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७९ लाख ३५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकमा अपि पावर कम्पनीको लगानी रहेको छ ।