सुप्रिम सहकारी प्रकरण : रवि लामिछाने र जोशीको मुद्दा आज पेसीमा


काठमाडौं । 

सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ।

उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुवरका अनुसार यसअघि दुईपटक लामिछाने पक्षका कानुनी प्रतिनिधिले निवेदन दिएपछि बहस स्थगित गरिएको थियो।

सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले बिगो रकम दाखिला गरेको भए पनि साउन २६ गते जमानत अस्वीकार गरेको थियो। सो आदेशविरुद्ध उनले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए।