काठमाडौं ।
दुबईमा जारी आईबीए विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर चन्द्रबहादुर थापाले सेमिफाइनलमा प्रवेश गर्दै नयाँ इतिहास रच्नुभएको छ ।
प्रतियोगिताअन्तर्गत बुधबार भएको पुरुष ५१–५४ केजी (वेन्टम वेट) तौल समूहको क्वार्टरफाइनल भिडन्तमा थापाले इरानका मुक्केबाज मेहदी काजेमीलाई युनानिमोस डिसिजन अनुसार ५–० अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्नुभएको हो । जितसँगै थापाले नेपालका लागि कम्तीमा कांस्य पदकका साथै ७५ हजार अमेरिकी डलर पुरस्कार पनि पक्का गर्नुभएको छ ।
विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सरले पाएको यो अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट नतिजा हो । अब सेमिफाइनलमा थापाले कजाखस्तानका मुक्केबाजको सामना गर्नुहुनेछ । अहिलेसम्मको सर्वाधिक पुरस्कार राशि भएको यो बक्सिङ प्रतिस्पर्धामा शीर्ष तीन स्थान प्राप्त गर्ने बक्सरले क्रमशः तीन लाख, एक लाख ५० हजार र ७५ हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन् ।











प्रतिक्रिया