पञ्चाङ्ग निर्णायक समितिको सदस्य-सचिवमा आचार्य लक्ष्मण पन्थी नियुक्त


काठमाडौँ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्य-सचिवमा आचार्य लक्ष्मण पन्थी नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी समेत सम्हालेकी प्रधानमन्त्री कार्कीले पन्थीलाई नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्य-सचिवमा नियुक्त गरेकी हुन्।

पन्थी खुला प्रतिस्पर्धाबाट नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्य-सचिवमा नियुक्त भएका हुन्। समितिको सदस्य-सचिव कार्यकारी पद हो।

समितिको सदस्य-सचिवमा पन्थी र श्रीकेश कौशिकको नाम सिफारिस भएको थियो।

पन्थी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्य समेत भएर काम गरिसकेका छन्। आचार्य पन्थी अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य-सचिव समेत हुन्।