काठमाडौँ
टाटा मोटर्स नेपालका लागि एकमात्र अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले समाजका लागि निरन्तर सेवा गरिरहेका मेडिकल समुदायप्रति सम्मान व्यक्त गर्दै टियागो.इभीका लागि विशेष योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत टियागो.इभी किन्न इच्छुक मेडिकल क्षेत्रका ग्राहकले आकर्षक उपहार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन् । साथै हरेक टियागो इभीको बुकिङमा लिटम्यान स्टेथोस्कोप प्रदान गरिनेछ ।
अफरको मुख्य आकर्षणका रूपमा ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक रोज्न सक्नेछन् । जोडीका लागि बाली भ्रमण, आइफोन १७ प्रो म्याक्स वा सबैभन्दा ठूलो नगद छुट ।
योजनामा थप रूपमा उच्चतम एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरीज, तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता सुविधाहरू पनि समावेश छन् ।
साथै, मेडिकल समुदायको परिचयपत्र प्रस्तुत गर्दा थप नगद छुट समेत उपलब्ध हुनेछ । यी सुविधाहरूले मेडिकल समुदायका ग्राहकलाई अझ सहज, किफायती र भरपर्दो अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।











प्रतिक्रिया