बहुविवाहको आरोपमा डीएसपी नेपाल पक्राउ


काठमाडौँ।

बहुविवाहको आरोपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाललाई नियन्त्रणमा लिएको हो।

श्रीमतीले बहुविवाहको उजुरी दिएपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर नेपाललाई नियन्त्रणमा लिएको हो। रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले मुद्दा परेपछि नेपाल आफैं प्रहरी कार्यालय आएको र तीन दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको बताए।

प्रहरीले श्रीमतीको उजुरीपछि डीएसपी नेपालकी दोस्रो श्रीमतीको पनि खोजी गरिरहेको बताएको छ।