उदयपुर ।
इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउसो ३ बजे कटारी नगरपालिका वडा नं ४ सुनकोशी पेट्रोलपम्प नजिकबाट प्रतिबन्धित लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको कोशी प्रदेश—०५—००२ प २४७३ नं मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागू औषध ११० ट्याप्लेट सहित ऐ वडा नं ४ मरुवा बस्ने वर्ष १९ को रुस्तम तामाङलाई पक्राउ गरेको छ ।
निज रुस्तम तामाङको साथबाट Spaspain-५३ ट्याप्लेट, Opo Tab- ट्याप्लेट, Tapenta -४८ ट्याप्लेट गरी जम्मा ११० ट्याप्लेट प्रतिबन्धित लागू औषध, कोशी प्रदेश—०५—००२ प २४७३ नं को मोटरसाईकल र HONOR कम्पनीको मोबाईल(१ थान सहित निजलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको हो ।
पक्राउ परेका निजलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया