सवारी दुर्घटनामा परी १ जनाको ज्यान गयो

940
Shares

उदयपुर

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ४ थुलुङडाडास्थत भित्री सडक खण्डमा मंगलबार दिउसो ३.१५ बजेको समयमा दुई मोटर साइकल एकापसमा ठोकिदा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कायाृलय उदयपुरले दिएको जानकारी अनुसार चौदण्डीगढी नगरपालिका वडा नं ४ थुलुङडाडा स्थित भित्रि सडक खण्डमा बसाहाबाट बर्खेडाडातर्फ आउँदै गरेको बा ९२ प ०८९७ नम्बर को मोटरसाईकल र विपरित दिशातर्फ जादै गरेको प्र १—०५—००२ प ०५८९ न.को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा प्र १—०५—००२ प ०५८९ न को मोटरसाईकल चालक चौदण्डीगढी नगरपालिका वडा नं ४ थुलुङ डाडा बस्ने बर्ष ५८ को भक्तराम राईको मृत्यु भएको छ ।

निजको शरीरको विभिन्न भागमा चोटपटक लागि तत्काल उपचारको लागि नगर अस्पताल बेल्टार ल्याएकोमा ऐ ३.३५ बजे उक्त अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन्। ।

उक्त घटनास्थलमा इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी निरीक्षक समेतको टोली खटिई गई बा ९२ प ०८९७ न को मोटरसाईकल चालक चौदण्डीगढी नगरपालिका वडा नं ४ बसाहा बस्ने बर्ष २६ को एमन मगर र दुईवटै मोटरसाईकल नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।