काठमाडौँ।
देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने अधिकांश स्थानमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा छ।
आज दिउँसो कोशी र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ। राति पनि देशभर मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।











प्रतिक्रिया