काठमाडौँ।
दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर केहीबेर अघि ९:२४ मिनेट जाँदा चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि हिजो साँझ बाजुरा जिल्लाको मार्तडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव छ रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पश्चिमी क्षेत्र भएर स साना भूकम्प जाने क्रम जारी रहेको छ।











प्रतिक्रिया