काठमाडौँ
मध्यम–क्षमताका (२५०–७५० सिसी) मोटरसाइकल समूहमा विश्वव्यापी रूपमा अग्रणी मानिने रॉयल एनफिल्डले आफ्नो लोकप्रिय स्ट्रीट–रोड्स्टर मोडेल ‘हन्टर ३५०’ को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । विश्वका आधुनिक महानगरको ‘कुल’ शहरी जीवनशैलीबाट प्रेरित नयाँ रङ, परिष्कृत सस्पेन्सन र सहज एर्गोनोमिक बनोटसहितको बी–एस–सिक्स (द्यक् ख्क्ष्) २०२५ संस्करण कम्पनीले सोमबार काठमाडौंमा प्रस्तुत गरेको हो ।
नयाँ हन्टर ३५० रियो सेतो (रियो ह्वाइट), टोकियो कालो÷ब्ल्याक (टोकियो ब्ल्याक), लन्डन रातो (लन्डन रेड) र ग्राफाइट ग्रे गरी चार शहरी–प्रेरित रङमा उपलब्ध छ । रियोको सेतो तट, लन्डनको ‘ब्रिक लेन’ बाट प्रेरित रातो शैली र टोकियोको रातो–कालो शहरी सडकको अनुभूति दिने ग्राफाइट ग्रेले मोटरसाइकललाई अधिक आकर्षक र दमदार बनावट दिएको कम्पनीको दाबी छ ।
यस संस्करणमा स्लिप–असिस्ट क्लच जडान गरिएको छ, जुन ३५० सिसी श्रेणीका रॉयल एनफिल्ड मोटरसाइकलमा पहिलोपटक प्रयोग गरिएको सुविधा हो। परिमार्जित पछाडिको सस्पेन्सन, १६० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, सुधारिएको सीट, डुअल–च्यानल एबीएस, एल–इ–डी हेडलाइट, र सहज एर्गोनोमिक बनोटले सवारी अनुभवलाई थप सहज बनाएको कम्पनीले जनाएको छ । साथै, ट्रिप–नेभिगेटर सुविधा पनि समावेश गरिएको छ ।
हन्टर ३५०मा जडान गरिएको ३४९ सिसी ‘जे–सिरिज’ इन्जिनले शहरी सडकमा आवश्यक हुने चुस्ती, सहजता र विश्वसनीय शक्ति प्रदान गर्छ । सन् २०२२ मा पहिलोपटक बजारमा आएका हन्टर ३५० ले अहिलेसम्म विश्वभर ७ लाखभन्दा बढी राइडर जोडिसकेको कम्पनीको दाबी छ ।
रॉयल एनफिल्डका प्रमुख व्यावसायिक अधिकृत यदविन्दर सिंह गुलेरियाका अनुसार, “नेपालमा मोटरसाइकल दैनिकीसँगै जीवनशैली बनेको छ। युवा पुस्ताको ऊर्जा, गतिशीलता र शहरी बान्कीलाई ध्यानमा राखेर हामीले नयाँ हन्टर ३५० ल्याएका हौँ। यो नेपालका सक्रिय र जीवन्त शहरी सडकका लागि उत्तिकै उपयुक्त मोडेल हो ।”
नेपालमा मूल्य सिंगल टोन (रियो सेतो, डेपर ग्रे, ग्राफाइट ग्रे) ४,९४,९००, डुअल टोन (टोकियो ब्ल्याक, लन्डन रेड, रेबेल ब्लु)ः ४,९९,९००, रॉयल एनफिल्डले देशभरका आफ्ना शोरुमहरूमा बुकिङ र टेस्ट–राइड खुला रहेको जनाएको छ ।
रॉयल एनफिल्ड
रॉयल एनफिल्ड विश्वकै सबैभन्दा पुरानो निरन्तर उत्पादनमा रहेको मोटरसाइकल ब्रान्ड हो, जसले सन् १९०१ देखि मोटरसाइकल निर्माण गर्दै आएको छ। ब्रिटिश मूलको इतिहास बोकेको यस ब्रान्डले सन् १९५५ मा भारतमा उत्पादन केन्द्र स्थापना गरेपछि मध्यम–क्षमताका मोटरसाइकलमा विश्वस्तरको認 पहिचान बनाएको छ। यसको ‘प्योर मोटरसाइक्लिङ’ सिद्धान्त ब्रान्ड पहिचानको प्रमुख आधार बनेको छ।
रॉयल एनफिल्डका प्रमुख मोडेल
बियर ६५०, क्लासिक ६५०, गुरिल्ला ४५०, हन्टर ३५०, मेटियोर ३५०, सुपर मेटियोर ६५०, इन्टर्सेप्टर ६५०, कन्टिनेन्टल जीटी ६५०, सटगन ६५०, हिमालयन ४५०, स्क्र्याम ४४०, बुलेट ३५०, क्लासिक ३५०, गोअन क्लासिक ३५० — समावेश छन् ।
कम्पनीले हालै क्लासिक शैली र आधुनिक शहरी गतिशीलताको संयोजन गरिएको नयाँ सिटी–प्लस मोटरसाइकल ‘फ्लाइङ फ्ली’ सार्वजनिक गरेको छ ।
रॉयल एनफिल्ड मोटोभर्स (पहिलेको ‘राइडर म्यानिया’) तथा उच्च–हिमाली भू–भाग पार गरेर यात्रा गरिने हिमालयन ओडिसी जस्ता गतिविधिमार्फत विश्वभरका मोटरसाइकल प्रेमीलाई जोडिरहेको छ ।
आईचर मोटर्स लिमिटेड अन्तर्गत सञ्चालन हुने रॉयल एनफिल्डका २,००० भन्दा बढी भारतीय स्टोर तथा विश्वका ६५ भन्दा बढी मुलुकमा करिब ८५० स्टोर छन् । कम्पनीका प्रमुख उत्पादन केन्द्रहरू चेन्नई नजिक ओरागडम र वल्लम वडगालमा अवस्थित छन् ।
त्यसैगरी, नेपाल, बंगलादेश, ब्राजिल (२), थाइल्यान्ड, अर्जेन्टिना र कोलम्बियामा कम्पनीका ७ वटा सी–के–डी असेंब्ली केन्द्र सञ्चालनमा छन् ।











प्रतिक्रिया