काठमाडौं ।
नयाँ लागू भएको भन्सार ऐन, २०८२ का केही प्रावधानको विरोधमा भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा देशभरका भन्सार एजेन्टहरूले पेन डाउन गर्दा सबै भन्सार कार्यालयमा जाँचपासका काम ठप्प भएका छन् ।
मंसिर २१ गतेदेखि लागू भएको ऐनले भन्सार एजेन्टको पेशागत अधिकार कमजोर बनाएको र वैध व्यापार तथा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पार्ने अवस्था सिर्जना भएको महासंघले आरोप लगाएको छ ।
विरोधस्वरूप देशभर भन्सार सेवा अवरुद्ध भएपछि आयात–निर्यात गतिविधि प्रभावित भएका छन् ।











प्रतिक्रिया