लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव सम्पन्न


काठमाडौं ।

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ। नेपालस्थित भारतीय दूतावासले लुम्बिनी विकास कोष तथा लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्यमा आयोजना गरिएको यस कार्यक्रममा बौद्ध धर्म र दुवै देशको साझा सांस्कृतिक सम्पदामा केन्द्रित विभिन्न प्रस्तुति र कार्यक्रमहरू समावेश गरिएको थियो।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारत सरकारका अतिरिक्त सचिव मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा तथा काठमाडौंस्थित भारतीय दूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेले संयुक्त रूपमा सम्पन्न गर्नुभएको थियो।