काठमाडौँ
एमएडब्ल्यू राइड्स प्रालिमार्फत नेपालमा आधिकारिक रूपमा बिक्री वितरण हुँदै आएको यामाहा मोटरसाइकल तथा स्कूटरले देशभर एक हप्ता लामो सर्भिस अभियान ‘यामाहा ब्लू क्याम्प’ सुरु गरेको छ ।
मंसिर २१ देखि २७ गतेसम्म (डिसेम्बर ७ देखि १३) सञ्चालन हुने यस अभियानअन्तर्गत देशभरका आधिकारिक यामाहा सर्भिस सेन्टरमा विशेष अफर, प्रिमियम सर्भिस तथा आकर्षक छुटको व्यवस्था गरिएको छ ।
ग्राहक सन्तुष्टि तथा नियमित मर्मत सम्भारलाई प्रवद्र्धन गर्ने उद्देश्यले थालिएको यस अभियानले यामाहा राइडरलाई ८ बजेदेखि ८ बजेसम्म सर्भिस सुविधा उपलब्ध गराइनेछ । ब्लू क्याम्प अवधिभर ग्राहकले निःशुल्क बाइक वाश, १५–प्वाइन्ट विस्तृत चेकअप, यामाल्युबमा छुट, स्पेयर पाट्र्स तथा लेबर चार्जमा छुट, साथै निःशुल्क एएमसी कार्ड प्राप्त गर्ने अवसर पाउनेछन् ।
अभियान अन्तर्गत दैनिक एक भाग्यशाली ग्राहकले मर्मत बिलमा १०० प्रतिशत क्यासब्याक प्राप्त गर्ने योजना सहित विशेष उपहारको व्यवस्था गरिएको यामाहाले जनाएको छ । साथै ‘नो–योर–बाइक’ सेसनमार्फत सर्भिस प्राविधिकले बाइक तथा स्कूटरका प्राविधिक पक्ष, मर्मतसम्भार आवश्यकता र सुरक्षित सवारीबारे प्रत्यक्ष जानकारी दिनेछन् । सुरक्षा राइड सेसनसमेत समावेश गरिएकाले सहभागी राइडरले सुरक्षित ड्राइभिङका व्यावहारिक सुझाव प्राप्त गर्नेछन् ।
अनलाइन बुकिङमार्फत एक्सप्रेस सर्भिस सुविधा पनि उपलब्ध हुने यामाहाले जनाएको छ, जसले अग्रिम बुकिङ गर्ने राइडरलाई प्राथमिकतासहित छरितो सेवा सुनिश्चित गर्नेछ । अभियानका बारेमा एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले यामाहाले सदैँ गुणस्तरीय सर्भिस र दीर्घकालीन ग्राहक विश्वासलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो । उनका अनुसार ‘यामाहा ब्लू क्याम्प’ यामाहाको सेवा प्रतिबद्धतालाई अझ मजबुत बनाउने अभियान हो ।
यामाहाले अत्याधुनिक प्रविधि, जापानी इन्जिनियरिङ र देशव्यापी सर्भिस नेटवर्कमार्फत ग्राहक पहुँच विस्तारलाई निरन्तरता दिँदै आएको छ । ब्लू क्याम्प अभियान नेपालभरिका सबै आधिकारिक सर्भिस सेन्टरमा लागू हुनेछ ।











प्रतिक्रिया