एक्साइड ब्याटमोबाइल सेवा ५० हजार ग्राहकसम्म पुगेर ‘ब्याट्रीका अपराजेय राजा’को रुपमा स्थापित


काठमाडौँ ।

एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहकसम्म पुग्दै ऐतिहासिक उपलब्धि हात पारेको छ । जुन एक्साइड ब्याट्री सेवाको इतिहासमै एक महत्वपूर्ण माइलस्टोनका रूपमा मानिएको छ ।

कम्पनीका अनुसार यी ५०,००० ग्राहकहरू नै एक्साइडका सबैभन्दा मूल्यवान सम्पत्ति हुन् । एक्साइड ब्याटमोबाइल सेवा सन् २०१६ फेब्रुअरीमा सुरु भएको थियो । जसले पहिलो महिनामा जम्मा २७ वटा कल प्राप्त गरेको थियो । अहिले भने दैनिक १०० भन्दा बढी कलको दरमा सेवा प्रदान भइरहेकाले सेवाको प्रभावकारिता र ग्राहकको विश्वास दुवै सुदृढ भएको कम्पनीले जनाएको छ । सेवा सुरु भएको दिनदेखि नै अविरामरूपमा नरोकिने ढंगले निरन्तर रूपमा सञ्चालन भइरहने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ । कम्पनीले एक्साइडलाई “लाइक एन अनबिटेबल किङ अफ ब्याट्री” अर्थात् ‘ब्याट्रीको अपराजेय राजा’ भनेर परिभाषित गरेको छ ।

नेपालकै नम्बर एक ब्याट्री ब्रान्डका रूपमा स्थापित एक्साइड, सिप्रदी ट्रेडिङ प्रा.लि. को सुपरभिजनमा सञ्चालन हुँदै आएको छ । ग्राहकले एक्साइड ब्याटमोबाइल सेवालाई नेपालमा उपलब्ध ‘एक मात्र पूर्णरूपमा निःशुल्क सेवा’ भएको स्पष्ट प्रतिक्रिया दिएका छन्, जसले यस सेवाको लोकप्रियता झनै बढाएको छ ।

सेवा सुरुआतमा चार जना टेक्निसियन, दुई जना ड्राइभर, एक टेक्निसियन–कम–ड्राइभर र एक जना कोअर्डिनेटरसहित मारुति सुजुकी ओम्नी भ्यानमार्फत काठमाडौं उपत्यकाभित्र बिहान ७ बजेदेखि राति १० बजेसम्म, छुट्टीका दिनसमेत सेवा उपलब्ध थियो । प्रारम्भमा टेकु शोरुमबाट सुरु भएको सेवा, पछि पचली भैरवस्थित एक्साइड केयर सेन्टरमा स्थानान्तरण भयो, र अहिले बागडोलको एक्साइड केयर सेन्टरबाट सञ्चालन भइरहेको छ । कम्पनीले २०१६ फेब्रुअरीदेखि दुईवटा स्कुटरमार्फत सेवा विस्तार गरेपछि हाल देशभरका २२ शाखाबाट एक्साइड ब्याटमोबाइल सेवा उपलब्ध गराइरहेको छ। काठमाडौंपछि पोखरा र नारायणघाटमा पनि सेवा माग तीव्र गतिमा बढिरहेको कम्पनीले जनाएको छ ।

एक्साइड ब्याटमोबाइल सेवा सबै कार तथा एसयूभी ब्याट्रीसँगै ईभी ट्याक्सीका लागि पनि निःशुल्क रूपमा स्टार्ट सेवा प्रदान गर्दै आएको छ । “हेल्प अन द वे; एनीटाइम, एनी ब्याट्री” भन्ने कम्पनीको नाराअनुसार यस सेवाले वर्षका ३६२ दिन निःशुल्क सेवा प्रदान गर्छ। नेपाली नयाँ वर्ष, विश्वकर्मा पूजा र होली बाहेक अरू सबै दिन सेवा खुला रहनेछ । छुट्टीका दिनमा समेत नजिकको एक्साइड सर्भिस डिलर वा वर्कस्टेसनमार्फत समस्या समाधान गर्ने प्रयास गरिने कम्पनीले बताएको छ ।

महामारी र लकडाउनको कठोर परिस्थितिमा समेत ग्राहकका सवारी साधन स्टार्ट नहुने समस्यालाई समाधान गर्न एक्साइडले निरन्तर सहयोग पु¥याएको थियो । हाल ग्राहकको मागअनुसार चार्ज गरिएका ब्याट्रीहरूको होम डेलिभरी सेवासमेत सुरु गरिएको छ, जसमा अन्य ब्रान्डका ब्याट्रीका लागि सशुल्क सेवा पनि उपलब्ध गराइएको छ ।