काठमाडौँ
रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो स्थापना भएको १५ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको वित्तीय कारोबार गर्ने अनुमति २०६६ मंसिर १० गते प्राप्त गरी २०६६ मंसिर १८ गतेदेखि काठमाडौँ महानगरपालिका–१, कमलादीस्थित आफ्नै भवनबाट केन्द्रीय तथा मुख्य शाखासहित सेवाको सुरुआत गरेको संस्थाले आज देशभर सेवा विस्तार गर्दै आएको छ ।
हाल संस्थाले काठमाडौँ, ललितपुर, चितवन, कास्की, लमजुङ, काभ्रे, धादिङ, झापा, गोरखा, रुपन्देही, कैलाली, कन्चनपुर, बाँकेलगायत जिल्लामा गरी २२ ओटा शाखामार्फत वित्तीय सेवा दिइरहेको छ ।
सेवा सुरु भएको दिनदेखि नै सहज, सुरक्षित र पहुँचयोग्य वित्तीय सेवा प्रदान गर्ने लक्ष्यका साथ संस्थाले निक्षेप योजनाहरू सञ्चालन गर्दै आकर्षक ब्याजदर प्रदान गर्ने तथा ग्राहकलाई विभिन्न कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ ।
१६औँ वार्षिकोत्सवको अवसरमा संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौँको बालाजु क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
त्यसैगरी, विपन्न वर्गका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६, गोसाइँस्थानमा रहेको नैमिषारण्य संस्कृत गुरुकुलममा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी र मसलन्द सामग्री वितरण गरिएको छ।
संस्थाका अनुसार, लगातार १५ वर्षदेखि आफ्नो सेवा विस्तार गर्दै आएको रिलायन्स फाइनान्सले आगामी दिनमा पनि ‘वित्तीय सेवाको अर्को परिभाषा’ भन्ने नारालाई मार्गदर्शनका रूपमा लिई अझ सुलभ तथा ग्राहकमैत्री सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।











प्रतिक्रिया