काठमाडौँ
टाटा मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले आफ्ना टाटा ईभी (इलेक्ट्रिक भेहिकल) प्रयोगकर्तालाई लक्षित गर्दै “विन्टर ईभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प” कार्यक्रम घोषणा गरेको छ । जाडो मौसममा ईभीको प्रदर्शन र सुरक्षालाई अझ मजबुत बनाउन विशेष रूपमा आयोजना गरिएको यो विशेष क्याम्प माघ ७ देखि १०, २०२५ सम्म सञ्चालन हुनेछ ।
कम्पनीले दिएको जानकारीअनुसार, यस क्याम्पमा सहभागी हुने ईभी ग्राहकले विभिन्न सेवा निःशुल्क पाउनेछन् । जसमा निःशुल्क लेबर चार्ज, निःशुल्क टप–वासिङ, निःशुल्क कम्प्युटर डायग्नोसिस, निःशुल्क ब्याट्री र इलेक्ट्रिकल परीक्षण, सस्पेन्सन र ब्रेकको निःशुल्क जाँच तथा १०–प्वाइन्ट फुल चेकअप सेवा समावेश छन्। साथै, जाडोको तयारीका लागि आवश्यक हुने ‘स्पेयर पाट्र्स’ र ‘ल्युब्रिकेन्ट’ मा १८ प्रतिशतसम्म छुट उपलब्ध गराइने भएकाले सेवा प्रक्रिया झन् किफायती र सहज हुने कम्पनीले जनाएको छ ।
यस क्याम्पमा नियमित ईभी सर्भिसिङसँगै ईभी एक्सचेन्ज सुविधा पनि उपलब्ध हुनेछ। कम्पनीको दाबी अनुसार, यस सुविधाले नयाँ टाटा ईभी लिन इच्छुक ग्राहकहरूलाई थप विकल्प र लाभ प्रदान गर्नेछ । सिप्रदीले यो पहलमार्फत ग्राहकलाई वर्षभरि सुरक्षित, भरपर्दो र सहज ईभी अनुभव दिलाउने उद्देश्य राखेको बताएको छ ।
सिप्रदी ट्रेडिङले विद्युतीय गतिशीलताको वृद्धि र ग्राहक सन्तुष्टिलाई आफ्नो प्राथमिकता राख्दै आगामी दिनहरूमा पनि यस्ता उपयोगी, प्रभावकारी तथा ग्राहक–मैत्री अभियान निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीका अनुसार, यो क्याम्प नियमित सेवा मात्र नभई—जाडो मौसममा आत्मविश्वासका साथ यात्रा गर्न चाहने ईभी ग्राहकहरूका लागि महत्वपूर्ण सहयोग अभियान बन्ने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया