सेवाग्राही ठग्दै नेपाल टेलिकम

0
Shares

उदयपुर ।

नेपाल टेलिकमको दुरसञ्चार कार्यालयले आफ्ना सेवाग्राहीहरुलाई रिचार्ड कार्ड बिक्री वितरणका नाममा ठग्दै आएको र रिचार्ड कार्डका माध्यमबाट आर्थिक लुट मचाएको प्रमाण फेला परेको छ ।


नेपाल टेलिकमले मोबाइल रिचार्जकालागि बिक्री वितरण गर्दै आएको विभिन्न दररेटका रिचार्ज कार्डहरुमा सिरियल नम्बर लख्ने तर लतपतिएको, फुलेको नबुझिने र रिचार्ज गर्दा प्रयोग गरिने पिन नम्बर नै प्रिन्ट नगरी बजारमा पठाएर ग्राहकहरुलाई ठग्ने गरेको प्रमाण नेपाल समाचारपत्रसँग सुरक्षित रहेको छ ।

उदयपुरको सदरमुकाम गाईघाटको बोक्सेमा रहेको एक स्टेशनरी पसलले डिलरबाट खरिद गरेर बिक्री वितरणकालागि ल्याएको रु.५० दरको रिचार्ड कार्डमा यस्तो त्रुटी फेला परेको छ । स्टेशनरी पसलबाट एक ग्राहकले रु.५० को रिचार्ड खरिद गरेको तर मोबाइल रिचार्ज गर्न पिन नम्बर कोर्दा कुनै अङ्क नै फेला नपरी खाली भेटिएको छ । उक्त रिचार्जको सिरियल नम्बरसमेत पोतिएको जस्तो लतपतिएको स्पष्ट नबुझिने छ ।

नेपाल टेलिकमले निकाल्ने गरेको विभिन्न दरका रिचार्जहरु धेरैमा यस्तो हुने गरेको र यो सरासर ठगी गरेको त्रियुगा नगरपालिका ९ का सेवाग्राही मुकुन्द खतिवडाको भनाई रहेको छ ।

त्रियुगा नपा १० का अर्का सेवाग्राही बालकृष्ण भट्टराईका अनुसार रिचार्ड कार्ड फोन गर्नकालागि पैसा तिररे खरिद गरिने भएकोले नेपाल टेलिकमले पिन नम्बर विनाको रिचार्ड कार्ड बिक्री गर्न मिल्दैन र यसरी पिन नम्बर नभएको रिचार्ड कार्ड बिक्री वितरण गर्नु भनेको सरासर ठगी गर्नु हो ।

पहाडी क्षेत्रमा सबैतिर पसल हुँैदैन र भए पनि सबैठाउँमा रिचार्ज पाइदैन । ग्राहकले आफ्नो जरुरी कामकालागि कसैलाई वा छोराछोरी नाता कुटुम्ब वा व्यापारी, घरायसी लगायतका महत्वपूर्ण कामले फोन सम्पर्क गर्नु पर्ने हुन्छ । पैसा तिरेर रिचार्ज किनेर लग्यो तर मोबाइल रिचार्ज गर्न पिन नम्बर कोर्दा खाली हुन्छ । कति जरुरी काममा यसले एकातिर बाधा भयो भने अर्कोतिर उसको अनाहकमा रिचार्जमा खर्च भएको हुन्छ भट्टराईले भने ।

यस विषयमा नेपाल टेलिकम केन्द्रीय कार्यालयका प्रवक्ता रविन्द्र मानन्धरले पिन नम्बर रिचार्ज गर्ने नभएको रिचार्ज कार्ड बजारमा लैजानु गल्ती हो । सरकारी प्रेसमा छापिएको केही रिचार्जमा यस्तो त्रुटी देखिएको छ । प्रिन्टिङ मेसिनमा समस्या देखिएकोले यस्तो त्रसटी भएको हो । यस्ता त्रुटी देखिएका रिचार्ज कार्डहरु बजारबाट फिर्ता ल्याएको जानकारी दिंदै प्रवक्ता मानन्धरले केही छुटफुट बजारमा रहेको हुन सक्ने र स्थानीय टेलिकमको कार्यालयमा गएर यो फिर्ता गर्न सकिने बताए ।