सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेता पुरस्कृत


काठमाडौँ
काठमाडौँस्थित सिटी सेन्टरले दसैँ, तिहार तथा छठको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरु पुरस्कृत भएका छन् । शनिबार सिटी सेन्टरमा आयोजित समारोहका बीच सेलिब्रेसनअन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो ।

६० दिनसम्म सञ्चालन गरिएको सो सेलिब्रेसनअन्तर्गतको बम्पर उपहारमा २८ हजार जना सहभागी भएका थिए । सो मध्ये ४० जनाले विभिन्न उपहार प्राप्त गरेका छन् । जसमा कपनका विनोद चौलागाईले ५ दिन ६ रातको थाइल्यान्ड टुर जितेका छन् ।

त्यसैगरी, भक्तपुरका समिर बादेले हिरोको स्कुटर पाएका छन् भने बाल्ट्राको “वासिङ मेसिन, टिभी, फ्रिज लगायतका सामान, अल्टिमाका इयर बर्ड, म्युजिक सिस्टम, सफारीका ब्याग, क्रोर्कोेडायलका ब्याग तथा लगेज र विभिन्न स्टोरहरुबाट गिफ्ट ह्याम्पर” प्रदान गरिएको थियो ।

उक्त कार्यक्रम सिटी सेन्टरको आयोजना, इभेन्ट नेपालको सहकार्यमा विभिन्न कम्पनीहरुको सहभागीतामा सम्पन्न भएको थियो । पुरस्कार वितरण कार्यक्रममा बोल्दै सिटी सेन्टरका व्यवस्थापक अनिस महर्जनले भने, ‘हामीले ग्राहकहरुका लागि विभिन्न समयमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने गरेका छौँ । यसले हाम्रो ग्राहकहरुसँगको अन्तरक्रिया र सद्भाव निर्माण हुने हुँदा आगामी दिनमा अझै वृहत रुपमा सेवा र सुविधा सहित योजनाहरु ल्याउनेछौँ ।’

सिजी मोटर्स (हिरो) का म्यानेजर प्रदिप पालले पुरस्कार हस्तान्तरण गर्दै भने, ‘हामीले यसरी विभिन्न व्यवसायिक स्थलहरुमा सहभागीलाई पुरस्कार वितरण गर्न पाउँदा सेवाग्राही लाभान्वित हने मात्र नभई आफ्नो ब्राण्ड प्रवद्र्धनमा टेवा पुगेको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुमा हाम्रो ब्राण्डले सहकार्य गर्नेछ ।’

सिटी सेन्टर आफ्ना ग्राहकका लागि सबै सेवा सुविधा सहितको व्यवसायीक सपिङ महल हो । यहाँ बच्चाका लागि खेल्ने ठाउँ, कफी सप र फुडकोर्ट सहितको व्यवस्था छ । विभिन्न ब्रान्डहरु सुपथ मूल्यमा उपलब्ध हुने यस सिटी सेन्टरले विभिन्न समयमा यस्ता कार्यक्रम आयोजना गर्दै ग्राहकको विश्वास जित्न सफल भएको छ ।