काठमाडौँ
भी.जी. अटोमोबाइल्स प्रा. लि. (सुजुकी मोटरसाइकल नेपाल)ले नेपाली बजारमा सुजुकी भी–स्ट्रोम एसएक्स (ख्–क्तचयm क्ह्)को दुई नयाँ आकर्षक रंग भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले पर्ल फ्रेष ब्लु + ग्लास स्पार्कल ब्ल्याक र पर्ल ग्लेसियर ह्वाइट + मेटालिक म्याट स्टेलर ब्लु रंगसहितका नयाँ मोडेलहरू औपचारिक रूपमा बजारमा ल्याएको जानकारी दिएको हो ।
नेपाली बजारमा लोकप्रिय हुँदै आएको भी–स्ट्रोम एसएक्स देशकै सबैभन्दा किफायती २५० सिसी को जापानी एडभेन्चर मोटरसाइकल मानिन्छ । आधुनिक प्रविधि तथा उच्च क्षमताका कारण यसले मिश्रित भौगोलिक अवस्थामा लामो ४० केएमपीएलसम्मको माइलेज दिने कम्पनीको दाबी छ । विशेषगरी नेपालजस्ता विविध सडक संरचना भएका देशमा सहज रूपमा चलाउन सकिने गरी यसलाई बहुउपयोगी बनाइएको बताइएको छ ।
यो मोटरसाइकल हल्का अफ–रोड ट्रेल, ग्राभेल, उकालो–ओभरालो तथा असमतल भू–भागमासमेत सजिलै चलाउन मिल्ने गरी डिजाइन गरिएको छ । सामान्य अफ–रोड मोटरसाइकलमा पाइने सानो सीट र अत्यधिक लामो सस्पेन्सनका कारण हुने असहज अनुभवलाई ध्यानमा राख्दै, भी–स्ट्रोम एसएक्सले उत्कृष्ट स्थिरता, रोड ग्रिप र लामो यात्रामा आवश्यक आराम प्रदान गर्छ। शहरदेखि राजमार्गसम्म तथा छोटो यात्रा देखि लामो टुर नदीसमेत यो मोडेललाई उपयुक्त मानिएको छ ।
सुजुकी मोटरसाइकल नेपालले नयाँ रंग विकल्पसँगै भी–स्ट्रोम एसएक्सलाई अझ आकर्षक, आधुनिक र यात्रामैत्री बनाउँदै नेपाली उपभोक्ताका लागि सर्वोत्तम एडभेन्चर मोटरसाइकलको विकल्पका रूपमा प्रस्तुत गरेको छ ।











प्रतिक्रिया