लक्जमी ई–मोबिलिटीद्वारा पोखरामा केईर फोर्थिङ शो–रुमको उद्घाटन


काठमाडौँ
नेपालमा केईर फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्जमी ई–मोबिलिटीले पोखरामा नयाँ केईर फोर्थिङ ईभी शो–रुम सञ्चालनमा ल्याएको छ । नयाँ शो–रुम २०८२ मंसिर ८ गते, सोमबार, पोखराको बुद्धचोकमा औपचारिक रूपमा उद्घाटन गरिएको हो । यससँगै कम्पनीले पश्चिम क्षेत्रमै आफ्नो उपस्थितिलाई थप विस्तार गर्दै आधुनिक, दिगो र भविष्यमुखी इलेक्ट्रिक सवारीसाधनलाई ग्राहकसम्म अझ नजिक ल्याएको जनाएको छ ।

उद्घाटन समारोहका अवसरमा कम्पनीले विशेष ग्रन्ड ओपिइनिङ अफर सार्वजनिक गरेको छ । यसअन्तर्गत आकर्षक नगद छुट, विशेष बोस इलेक्ट्रोनिक उपकरण, एक वर्षको निःशुल्क अटो–प्लस बीमा तथा रोड–ट्याक्स प्याकेज, साथै प्रत्येक बुकिङमा एक रातको आकर्षक स्टे–प्याकेजसमेत प्रदान गरिने बताइएको छ । नयाँ शो–रुममार्फत पोखराका ईभी प्रेमीलाई उच्चस्तरीय खरिद अनुभव उपलब्ध गराउने लक्ष्य कम्पनीले राखेको छ, जसले वातावरणमैत्री र दिगो गतिशीलताप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।

दिगो यातायात प्रवद्र्धनको उद्देश्यसहित लक्जमी समूहले देशभर रिलक्स रिचार्ज नेटवर्कमार्फत ६३ भन्दा बढी चार्जिङ तथा रिपेयर स्टेसनको सञ्जाल विस्तार गरिसकेको छ । यसले ग्राहकलाई सहज चार्जिङ सुविधा तथा मर्मत सेवामार्फत ईभी पूर्वाधारलाई अझ सुदृढ बनाइरहेको कम्पनीले जनाएको छ ।

बुद्धचोकस्थित नयाँ शो–रुमको उद्घाटनले प्रदेशमा बढ्दो ईभी मागलाई मध्यनजर गरी ग्राहकलाई थप नजिक र सुविधाजनक सेवा उपलब्ध गराउने महत्वपूर्ण कदमको रूपमा योगदान पु¥याएको बताइन्छ । लक्जमी ई–मोबिलिटीले सबै इच्छुक ग्राहकलाई नयाँ सुविधा अवलोकन गर्न तथा नेपालको इलेक्ट्रिक मोबिलिटीको नयाँ अध्याय अनुभव गर्न हार्दिक आमन्त्रण पनि गरेको छ ।