काठमाडौँ
टिम भेञ्चर्स लिमिटेडले प्राथमिक शेयर निष्काशन (आइपिओ) गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।
कम्पनीले कुल २५ लाख १८ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । यस सम्बन्धमा २०८२ साल मंसिर०८ गते, काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा दुबै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा टिम भेञ्चर्स लिमिटेडका अध्यक्ष केसाँग श्रेष्ठ र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गर्नुभएको छ ।
सिनामंगल, काठमाडौंमा स्थित कार्यालय रहेको टिम भेञ्चर्स लिमिटेड वि.सं. २०७३ सालमा स्थापना भएको इनभेष्टमेन्ट कम्पनी हो । उक्त कम्पनीको हाल चुक्ता पूँजी एकअर्ब रहेको छ । कम्पनीले हाल ऊर्जा क्षेत्र (हाइड्रोपावर र सोलार), उत्पादन क्षेत्र (माछा दाना, टीएमटी, प्रि–इन्जिनियर्ड बिल्डिङ, स्टिल), कृषि–पूर्वाधारर प्रविधि क्षेत्रमा लगानी गरेको छ । भविष्यमा कम्पनीले लगानीका अन्य श्रेत्रमा अवसर खोज्ने योजना बनाएको छ । उक्त कम्पनीको अन्य संचालकमा लोप्साङ श्रेष्ठ, दोर्जे ग्याल्छेन लामा, श्री साङ्गे दिकी शेर्पार विजयबहादुर श्रेष्ठ रहनु भएको छ भने प्रमुख कार्यकारी अधिकृतमा तेन्जिङसोनाम गोन्सार रहनुभएको छ ।











प्रतिक्रिया