आइचरको ‘राष्ट्रिय मेगा सेवा क्याम्प’ मा देशभरका ग्राहकलाई विशेष छुट


काठमाण्डौँ
बतास एमएडब्ल्यू कमर्सियल भेइकल्सले आइचरका ग्राहकका लागि विशेष रूपमा राष्ट्रिय मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ । यो क्याम्प मंसिर मंसिर १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।

कम्पनीका अनुसार क्याम्पको उद्देश्य सवारी साधनको कार्यक्षमता बढाउने, उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्ने र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने रहेको छ। क्याम्पमा आकर्षक छुट र सेवा उपलब्ध गराइने छ ।


नेपालभरका सबै “आईचर एक्स्क्लुसिभ वर्कसप“ तथा सबै शाखाहरूमा उपलब्ध यस मेगा सर्भिस क्याम्पमार्फत ग्राहकले निःशुल्क सर्भिस तथा छुट सुविधा प्राप्त गर्न सक्नेछन् । निरन्तर र सहज सेवा पाउनका लागि अग्रिम बुकिङ अनिवार्य गरिएको छ ।

ग्राहकलाई क्याम्प अवधि मा स्पेयर पार्टस् मा १२ % छुट, अन्य लुब्रिकेन्ट्समा १८ % छुट, आइचर लुब्रिकेन्ट्समा २५ % छुट, ठूला मर्मत कार्यहरूको ज्यालामा २० % छुट, निस्शुल्क बम्पर–टु–बम्पर चेकअप र ३५– प्वइन्ट इन्सपेक्सन तथा प्रत्येक सहभागी सर्भिसिङमा सहभागी ग्राहकलाई निस्शुल्क विण्डचिटर प्रदान गरिनेछ ।