काठमाडौँ
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो दीर्घकालीन सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत लुम्बिनी वल्र्ड पीस फोरमसँग संयुक्त रूपमा ‘वान मिलियन ट्रीज क्याम्पेन’ अघि बढाउने औपचारिक सम्झौता गरेको छ । प्राकृतिक संरक्षण, वातावरणीय सन्तुलन र हरियाली विस्तारमा योगदान गर्ने उद्देश्यले गरिएको यो सहकार्यले देशभरका समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
कम्पनीका अनुसार, “वान मिलियन ट्रीज क्याम्पेनले देशभर हरियाली विस्तारमा दीर्घकालीन टेवा पुरÞ्याउने छ । एक मिलियन रूख लगाउने लक्ष्य नै आफैंमा वातावरणीय सन्तुलन, कार्बन उत्सर्जन न्यूनीकरण र तापक्रम नियन्त्रणतर्फको महत्वपूर्ण कदम भएको बताइएको छ । यसले भविष्यका पुस्तालाई सुरक्षित वातावरण दिई दिगो जलवायु व्यवस्थापनमा ठूलो योगदान पुरÞ्याउने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया