काठमाडौँ
ओपोले आफ्नो नयाँ स्मार्टफोन ‘ओपो ए६ प्रो’ को प्रि–बुकिङ औपचारिक रूपमा खुला गरेको छ ।
ग्राहकले कार्तिक २८ देखि मंसिर १ गतेसम्म यो फोन प्रि–बुक गरी आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्नेछन् ।
यो प्रि–बुकिङ अवधिमा ‘ओपो ए६ प्रो’ खरिद गर्ने पहिलो ४०० जना भाग्यशाली ग्राहकले रु. ३,४९९ मूल्यको ‘ओपो एन्को बड्स ३ प्रो’ निःशुल्क जित्ने मौका पाउनेछन् ।
यस अफरमा सहभागी हुन ग्राहकले नजिकैको ओपोको आधिकारिक बिक्रेता कहाँ गई प्रि–बुकिङ फारम भर्नुपर्ने कम्पनीले जनाएको छ ।
स्टाइलिस डिजाइन र शक्तिशाली प्रदर्शनको संयोजन रहेको यो फोन विशेषगरी युवा र गतिशील प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको हो ।
कम्पनीले यो स्मार्टफोन मंसिर २ गतेदेखि आधिकारिक रूपमा बजारमा सार्वजनिक गर्नेछ, जसले ओपोको लोकप्रिय ‘ए–सिरिज’ लाई थप बलियो बनाउने विश्वास लिइएको छ ।
ओपोले यो प्रि–बुकिङ अफरमार्फत आफ्ना प्रारम्भिक ग्राहकलाई विशेष उपहारसहित उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको बताएको छ ।











प्रतिक्रिया