एनपीएल सिजन २ ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’


काठमाडौँ
एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात् एनपीएल दोस्रो संस्करणको चर्चा चल्दै गर्दा यो वर्ष पनि नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो ‘पावर्ड बाई’ को साझेदारीलाई निरन्तरता दिएको घोषणा गरेको छ ।

नेपाली क्रिकेटसँगको यो आबद्धताले स्थानीय क्रिकेटको विकासमा योगदान पु¥याउनुका साथै खेल र फ्यानलाई थप ऊर्जा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । क्रिकेट खेलले सबैलाई जोड्ने भएकाले यो भव्य महाउत्सवमा ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थिमसहित एनसेलले सहकार्य गरेको छ ।

आगामी १ मंसिरदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दोस्रो संस्करण सुरु हुँदैछ । व्यावसायिक फ्रेन्चाइजमा आधारित टी–ट्वान्टी प्रतियोगिता एनपीएलमा गत वर्ष पनि एनसेल ‘पावर्ड बाई’ साझेदार थियो ।

यो प्रतियोगिताले नेपालको प्रदेशगत आ–आफ्ना स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीको अद्वितीय संयोजन साथ क्रिकेट प्रतिभा प्रस्तुत गर्दैछन् । एनपीएलले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिविम्बित गर्दछ र यो खेलकुद र नेपालसँगको अटुट सम्बन्ध उजागर गर्दछ । नेपाल र आम उपभोक्तालाई सधैं जोडिराख्ने एनसेलको दर्शन क्रिकेट गतिविधिप्रतिको भावना र जोशसँग मेल खान्छ ।

एनसेलको यो साझेदारी केवल नेपालमा खेल प्रतिभा प्रवद्र्धन गर्नमात्र सीमित नभई यस्ता प्रतियोगिता सफल बनाउने दर्शक र प्रशंसकका लागि पनि भएको कम्पनीले जनाएको छ । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत लाइभ एनपीएलका खेल आफू जहाँ भए पनि हेर्न सकिने सुविधा पनि प्रदान गर्ने छ ।

एनसेलले आफ्नो स्थापनाकालदेखि नै नेपालमा खेलकुद विकास र प्रतिभा विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएको छ । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा–खेलाडीलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन सहयोग प्रदान गर्दै आएको छ ।