नबिल इन्भेष्टमेन्ट बैंकिङले गत वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर वितरण गर्ने


काठमाडौँ
नबिल इन्भेस्टमेन्ट बैंकले गत वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।

शुक्रबार भएको १६औं वार्षिक साधारण सभाले आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने ८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले कर प्रयोजनका लागि १.३१५७८९४७ प्रतिशतले हुन आउने ४२ लाख ६३ हजार १५७.८९ लाभांश प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीका अध्यक्ष सुजित कुमार शाक्यको अध्यक्षतामा सम्पन्न साधारण सभामा संचालक समितिका सदस्य, सेयरधनी तथा कम्पनीको व्यवस्थापन समितिका सदस्यहरू उपस्थित थिए ।