काठमाडौँ
कामना सेवा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभाले सेयरधनीलाई १५ प्रतिशत बराबर लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा बसेको साधारणसभाले उक्त दरको लाभांश पारित गरेको हो । साधारणसभाले १० प्रतिशत बोनस सेयर तथा ५.७८९५ प्रतिशत नगद लाभांश (करसमेत) गरी कुल १५.७८९५ प्रतिशत लाभांश पारित गरेको हो । साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१÷८२ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूची सर्वसम्मतिले पारित गरेको छ ।
त्यसैगरी सभाबाट आगामी चार वर्षका लागि संस्थापक समूह अन्तर्गत सुदीप आचार्य, भीमप्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध निर्वाचित भएका छन् ।











प्रतिक्रिया