काठमाडौँ
दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच कम्पनीको प्राथमिक सेयर (आइपिओ) जारी तथा विक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ । यस सम्झौताअन्तर्गत मुक्तिनाथ क्यापिटलले दूधपोखरी चेपे हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक (इसु म्यानेजर)को रूपमा कार्य गर्नेछ । एक कार्यक्रमका बिच दूधपोखरी चेपे हाइड्रोपावरका तर्फबाट अध्यक्ष सबिन प्रधानाङ्गले र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले गोरखा र लमजुङ जिल्लाको सिमानामा पर्ने ऐतिहासिक चेपे खोलामा ११ मे.वा. क्षमताको आयोजना निर्माण कार्य भईरहेको छ । कम्पनीले २०७४ कात्र्तिकमा ऊर्जा विकास विभागबाट विद्युत् उत्पादन सर्वेक्षण अनुमति प्राप्त गरी, २०७५ मंसिरमा नेपाल विद्युत् प्राधिकरणसँग ग्रिड कनेक्शन सम्झौता र २०७५ पुषमा विद्युत् खरिद सम्झौता –पिपिए) सम्पन्न गरी कम्पनीले आयोजनालाई योजनाबद्ध रूपमा अघि बढाइरहेको छ । हाल सम्मआयोजनाको ७८% कार्य सकेको र बाँकीकार्य २०८२ चैत्र महिनाको अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ । अनुभवी जलविद्युत् तथा वित्तीय क्षेत्रका विज्ञको सहभागितामा कम्पनीको सञ्चालक समितिले परियोजना समयमै सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
कम्पनीले आयोजना निर्माणको कार्य अन्तिम चरणमा रहेकाले आफ्नो जारी पूँजीको २०% प्रतिशतले हुन आउने अर्थात् २०,२०,००,०००÷– रकम बराबरको रु.१००÷– अङ्कित दरमा २०,२०,००० कित्ता साधारण शेयर सर्वसाधारणलाई विक्री गर्न लागिएकोे हो ।
यस सम्झौताले आयोजना तथा लगानीकर्ताबीचको सम्बन्ध सुदृढ गर्दै पूँजी बजारमा जलविद्युत् क्षेत्रको लगानी विस्तारमा सहयोग पुग्ने विश्वास कम्पनीका अध्यक्षले उक्त कार्यक्रममा व्यक्त गर्नुभएको छ ।











प्रतिक्रिया