ललितपुर।
जेनजी आन्दोलनका क्रममा शहीद बनेका विनोद महर्जनकाे परिवारलाई नेपाल सरकारले १५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
आज (आइतबार) प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मृतककी आमा लतामाया महर्जनलाई घरमै पुगेर उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण कार्यक्रममा ललितपुर महानगरपालिका–७ का वडाध्यक्ष कुलबहादुर महर्जनलाई साक्षी (रोहबर) राखिएको थियो।
नेपाल सरकारले सहीद परिवारलाई १० लाख आर्थिक सहायता र थप ५ लाख क्रियाकर्म तथा अन्य खर्चका लागि उपलब्ध गराउने निर्णयअनुसार कुल १५ लाख रुपैयाँ सहयोग गरिएको हो।











प्रतिक्रिया