“देश छाडेर नभाग्ने : एमाले अध्यक्ष ओली”


काठमाडौ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश छाडेर विदेश नभाग्ने स्पष्ट पारेका छन्।

पछिल्ला दिनमा ओलीसहित नेताहरूको पासपोर्ट रोक्का हुने चर्चाबीच उनले ‘हा-हू’को भरमा बनेको सरकारलाई देश जिम्मा लगाएर भाग्ने योजना नरहेको बताए।

उनले वर्तमान सरकार जनअभिमतबाट नभई तोडफोड र आगजनीको आधारमा बनेको आरोप लगाए।

साथै, प्रधानमन्त्री हुँदा आफूमाथि लागेको भ्रष्टाचारको आरोप प्रमाणसहित सार्वजनिक गर्न चुनौती पनि दिए।