काठमाडौं ।
तीन महिना देखिको निर्वाह भत्ता रोकिएपछि आन्दोलनमा उत्रिएका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतका आवासीय चिकित्सकहरू डिउटीमा फर्किएका छन्।
चिकित्सा शिक्षा आयोगबाट रकम निकासा भएपछि न्याम्सले बक्यौता भत्ता खातामा पठाएको हो। उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतका अनुसार अब सेवा नियमित भइसकेको छ।
मासिक ४८ हजार भत्ता पाउने ४०० बढी चिकित्सक कार्यरत छन्। धर्नामा बसेपछि मात्रै प्रशासनले ध्यान दिएको रेजिडेन्ट एसोसिएसनले जनाएको छ।











प्रतिक्रिया