एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजारभन्दा बढी उत्तीर्ण


काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार कुल १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ८३ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने ५९ हजार ६९३ जना अनुत्तीर्ण भएका छन्।

पूरक परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो। यस परीक्षा गत वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि लिइएको हो।