देशभर आंशिक बदली, कोशी–बागमतीमा मध्यम वर्षाको सम्भावना


काठमाडौँ ।

देशभर मनसुनी प्रभाव कमजोर रहे पनि स्थानीय वायुले मौसममा आंशिक प्रभाव पारेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो पहाडी क्षेत्रहरूमा सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ। राति कोशीसहित अन्य पहाडी भूभागमा आंशिक बदली रहने र थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। बाँकी भूभागमा मौसम मुख्यतः सफा रहनेछ।