काठमाडौँ
स्यामसङ नेपालकै अग्रणी प्रिमियम इलेक्ट्रोनिक घरायसी उपकरण तथा मोबाईल फोन स्टोरले भैसेपाटी, ललितपुरमा आफ्नो १५औँ नयाँ शोरूमको भव्य उद्घाटन गरेकोछ । भव्य उद्घाटन समारोह २०८२ साल असोज ६ गते (२२ सेप्टेम्बर २०२५) बिहान ११ः३० बजे भैसेपाटी, ललितपुरमा सम्पन्न भएको थियो ।
शोरूमको औपचारिक उद्घाटन सामसङ्ग नेपालका प्रबन्ध निर्देशक श्री इन सु किम तथा गोल्छा समूहका प्रबन्ध निर्देशक शेखर गोल्छा द्वारा गरिएको हो, जसले स्यामसङ प्लाजाको नवीनता, गुणस्तर, र ग्राहक सन्तुष्टिलाई निरन्तर प्रदान गर्ने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ । नयाँ स्यामसङ प्लाजले भैसेपाटी र आसपासका क्षेत्रमा रहेका ग्राहकहरूलाई प्रामाणिक स्यामसङ उत्पादन — नवीनतम स्मार्टफोन, टेलिभिजन, घरायसी उपकरणहरू र अन्य अभिनव इलेक्ट्रोनिक उत्पादनहरूको प्रदान गर्ने उद्देश्य राखेको छ । यस विस्तारसँगै, स्यामसङले आफ्ना मूल्यवान उपभोक्तासम्म विश्वस्तरीय प्रविधि र उत्कृष्ट ग्राहक सेवा अझ नजिक पु¥याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।
उद्घाटन समारोहमा बोल्दै, स्यामसङ प्लाजाका प्रतिनिधिले भन्नुभयो, “भैसेपाटीमा हाम्रो नयाँ शोरूम खोल्न पाउँदा अत्यन्त खुशी छौँ । भैसेपाटी आफ्नो जीवन्तता र विकासका लागि परिचित क्षेत्र हो। यो विस्तारले हाम्रो दृष्टिकोणलाई प्रकट गर्छ—ग्राहक पहुँच अझ सहज बनाउन र उन्नत प्रविधि प्रत्येक नेपाली घरधुरीमा पु¥याउन मद्दत गर्छ ।”
नयाँ स्यामसङ प्लाजा भ्रमण गर्ने ग्राहकहरूले विशेष अफरहरू, आधुनिक खरिद वातावरण, र तालिमप्राप्त कर्मचारीबाट विशेषज्ञ मार्गदर्शन प्राप्त गर्ने अपेक्षा राख्न सक्छ, जसले उनीहरूलाई आफ्नो आवश्यकताअनुसार सही छनोट गर्न सहयोग पु¥याउनेछ ।स्यामसङ प्लाजाले भैसेपाटी क्षेत्रका सबै महानुभावलाई, विश्वस्तरीय स्यामसङ उत्पादनहरूको नयाँ युगको खरिद अनुभव लिन निमन्त्रणा गर्दछ ।











प्रतिक्रिया