काठमाडौ ।
चीनबाट नेपाल ल्याइएका फलफूलसहितका करिब १५ सय कन्टेनर तातोपानी नाका हुँदै काठमाडौं पठाउने क्रममा पहिरोले रोकिएपछि व्यापारी मारमा परेका छन्। दसैं लक्षित स्याउ, किवी, अंगुर, ड्रागनफ्रुटलगायत फलफूल कुहिन थालेका छन्।
भोटेकोशी–२ स्थित इको, डाक्लाङ र पान्थली क्षेत्रमा गएको लेदोयुक्त पहिरोले सामान अड्किएको हो। व्यापारीका अनुसार एक कन्टेनर पहिरो पार गर्न ३.५ देखि ४ लाख रुपैयाँसम्म खर्च पर्न थालेको छ।
सरकारले अनुगमन थाले पनि तत्काल समस्या समाधान नहुँदा उपभोक्ता पनि महँगीको मारमा परेका छन्। तातोपानी भन्सार बन्द हुँदा राज्यलाई दैनिक ७ करोड रुपैयाँ राजस्व घाटा भएको छ।
सडक विभागले इकोमा छोटो र दीर्घकालीन समाधान थालिएको बताउँदै दुई महिनाभित्र दीर्घकालीन योजना अन्तर्गत ठेक्का प्रक्रिया अगाडि बढाइने जानकारी दिएको छ।











प्रतिक्रिया