चाडबाडलाई लक्षित गर्दै मन्त्री घिसिङका ७ निर्णय


काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले दशैंलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक सुरक्षासम्बन्धी सात निर्णय गरेका छन्।

शनिबार मन्त्रालयमा बसेको बैठकमा यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी महासङ्घका प्रतिनिधिहरूसहित छलफल गरी निर्णय गरिएको हो।

निर्णयअनुसार यात्रुबहाक सवारीलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने, राजमार्गमा अतिरिक्त प्रहरी गस्ती बढाउने, दाउन्ने क्षेत्रमा ठूला मालवाहक रोक्ने, मुख्य सडक सुधार तथा अवरोध तत्काल हटाउने, मौसम र सडक अवस्थाबारे सार्वजनिक सूचना जारी गर्ने, सार्वजनिक सवारीलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि तयार गर्ने तथा सडक विभागमार्फत २४ घण्टा निगरानी गर्ने व्यवस्था हुनेछन्।