क्लासिक टेकको दशैँ अफर: १ वर्षको मूल्यमा २ वर्ष इन्टरनेट सेवा


काठमाडौँ
उत्कृष्ट नेटवर्क इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले यस वर्षको दशैं लक्षित विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकलाई आकर्षक योजनासहित ‘२ वर्षको इन्टरनेट १ वर्षको मूल्यमा’ अफर उपलब्ध गराएको हो ।

सो योजनाअनुसार, ग्राहकले ७० एमबिपिए इन्टरनेट जडान गर्दा मात्र ४ सय ४३ रुपियाँ प्रति महिना मा वाई–फाई सिक्स राउटर पाउनेछन् । अब १ वर्षको मूल्य तिरेर २ वर्ष इन्टरनेट सेवा लिन सकिने भएको छ ।

कम्पनीले उपलब्ध गराउँदै आएको वाई–फाई सिक्स राउटरमा अत्याधुनिक सुविधा रहेको छ ।

एउटै नेटवर्कमा धेरै डिभाइस जोडिँदा पनि इन्टरनेटको स्पीड नघट्ने, ५० भन्दा बढी डिभाइस सपोर्ट गर्ने क्षमता भएकोले घर वा अफिस दुवैका लागि उपयुक्त हुने, कम लेटेन्सीका कारण गेमिङ, भिडियो स्ट्रिमिङ वा भिडियो कलमा ढिलाइ नहुने, डबल ब्याण्ड (२.४ जिएचजेड र ५ जिएचजेड) सुविधासहित स्थिर र तेज इन्टरनेट उपलब्ध हुने तथा ब्याट्री बचत सुविधा (टार्गेट वाक) मार्फत मोबाइल तथा ल्यापटप जस्ता डिभाइसहरूको ब्याट्री खपत कम हुने जस्ता विशेषताहरू यसमा रहेका छन् ।
क्लासिक टेकले यो अफरलाई १०० एमबिपिए, २०० एमबिपिए; र ३०० एमबिपिए सम्मका अन्य इन्टरनेट प्लानमा पनि लागू गर्ने जनाएको छ ।

साथै, इन्टरनेट सेवासँगै कम्पनीले आइपी टिभी सेवा पनि उपलब्ध गराउने भएको छ, जसअन्तर्गत मात्र रु २५० मा स्मार्ट सेट–टप बक्स प्रयोग गरी विभिन्न च्यानल हेर्न सकिनेछ ।

प्रविधि र सेवामा अग्रणी क्लासिक टेकले उच्च स्पीड र भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउँदै ग्राहकहरूको आवश्यकताअनुसार निरन्तर सुधार गर्ने प्रतिबद्धता जनाएको छ ।