एनआइसीको कामु सिइओमा राठी


काठमाडौँ ।

एनआइसी एसिया बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओमा सन्तोषकुमार राठी नियुक्त हुनुभएको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले राठीलाई कामु सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।


सिइओ रोशनकुमार न्यौपानेको राजीनामासँगै बैंकले कामु सिइओमा राठीलाई नियुक्त गरेको हो । उहाँ २०७९ साल कात्तिकमा चार वर्षका लागि दोस्रोपटक सिइओ नियुक्त हुनुभएको थियो । न्यौपानेले कार्यकाल बाँकी हुँदै राजीमाना दिनुभएको हो ।