काठमाडौं ।
सागर डिष्टिलरी लिमिटेडले भदौ ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीको आईपीओमा अब असोज ५ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
आइपिओ निष्कासन अवधि असोज २ गतेसम्मका लागि तय गरिएकोमा असोज १ गते सार्वजनिक विदा परेकाले असोज ५ गतेसम्म अवधि कायम गरिएको हो ।
कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । सर्वसाधारण लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।











प्रतिक्रिया